हिपमत डटकम

आइतबार, बैशाख ३१, २०८० || 3198  पटक पढिएको

विराटनगर । खुल्ला सिमाका कारण भारत वाट माछाको तस्करी बढे संगै व्यवसाय नै चौपट भएको माछा व्यवसायहरुले बताएका छन् । सरकारले माछा आयतमा अन्तःशुल्क १० प्रतिशत तोकेपछि तस्करी बढेर गएको व्यवसायहरुल्े बताएका हुन । सवै प्रक्रिया पुरा गरेर माछा आयत गरेर व्यवसाय गर्दे आएका माछा व्यवसायहरुले तस्करी बढेकाले मारमा परेको भन्दै तत्काल तस्करी नियन्त्रणमा दिन माग गरेका छन् । यसअघि माछा आयतमा अन्तःशुल्क लाग्ने गरेको थिएन । राज्यले माछा आयतमा अन्तःशुल्क लगाएपछि भारतबाट आयत हुने माछाको चोरी, पैठारी बढेर गए पछि पुस्तो देखि गरिदै आएको व्यवसाय छोड्ने अवस्थाको सिर्जना भएको माछा व्यवसाय संघका अध्यक्ष मालबाबु सहनीले बताए ।

पछिल्लो समय खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले प्रतिबन्ध लगाएको माछा पनि तस्करी हुने गरेको पाइएको छ । राज्यले प्रतिबन्ध लगाएको मागुर (मुर्गी माछा) मोरङको दक्षिण क्षेत्रबाट व्यापक तस्करी हुने गरेको हो । तस्करहरुले विराटनगर १६ उखुबारी वाट नेपाल र भारतीय मोटरसाइकलमा भाँडो र ड्रम भित्र राखेको नेपाल सहजै ल्याउने गरेको पाइएको छ । पछिल्लो समय विराटनगरको दरैया, दक्षिण गेट, उखुबारी, सुनसरीको हुक्सी, अमरडुवाको नाका प्रयोग गर्दै तस्करीको माछा विराटनगरको बजारमा आउने गरेको छ ।

भारतमा सस्तोमा माछा पाइने र नेपालमा ल्याएर महँगो मूल्यमा बिक्री वितरण हुने गरेकोले तस्करी हुने गरेको माछा व्यवसाय संघ मोरङका अध्यक्ष मालबाबु सहनीले दावी गरे । एक केजी माछा आयत गर्दा ७५ रुपैयाँ खर्च हुने गरेको छ । सहनीले भने –‘यो खर्च ढुवानीसहित हुन आउँछ । त्यही भएर अहिले तस्करी हुने गरेको छ ।’ भारतमा १ सय २० देखि १ सय ३० रुपैयाँ प्रति केजी पाइन्छ । त्यही माछा यहाँ नेपालमा ल्याएर २ सय ७० देखि ३ सय २० रुपैयाँ होलसेलमा बिक्री हुन्छ ।

खुद्रा साढे ३ सय देखि ४ सयमा बिक्री हुन्छ । प्रतिकेजी १ सय ७० देखि २० सय रुपैयाँसम्म फाइदा हुने भएपछि प्रहरी, प्रशासन मिलाएर तस्करी गर्ने गरेको उनीहरू बताउँछन् । भारतको जोगवनीमा पंकास प्रजातिका माछा प्रतिकेजी १५० रुपैयाँमा पाइन्छ । पंकास माछा विराटनगरमा ३२० रुपैयाँमा बिक्री हुन्छ । यस्तै १६० रुपैयाँ केजी पाइने रहु माछा विराटनगरमा ३ सय २५ देखि ३ सय ५० रुपैयाँसम्म विक्री हुन्छ । यस्तै मागुर माछा भारतमा प्रतिकेजी १२० रुपैयाँमा पाइन्छ । यो माछा विराटनगरमा ल्याएर २ सय ६० रुपैयाँसम्म बिक्री हुने गरेको छ । अहिले सबैभन्दा बढी तस्करी मागुर हुने गरेको छ ।

यो माछा सरकारले आयतमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाएको माछा बढी तस्करी हुने गरेको छ । उनीहरूले तस्करीको माछा विराटनगरसहित पूर्वी सहरमा पढाउने गरेकका छन अहिले विराटनर प्रक्रिया पु¥याएर हप्ताको २ टन माछा मात्र आउने गरेको बताइएको छ । माछा व्यवसायहरुले विराटनगर बजार ५ टनको हराहरीमा माछाको खपत रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!