हिपमत डटकम

शुक्रबार, बैशाख २९, २०८० || 2156  पटक पढिएको

काठमाडौं, २९ वैशाख। चितवन, राप्ती नगरपालिका-११ चिउरीटारबाट अवैध लागूऔषध गाँजा १० किलो५ सय ग्रामसहित सोही नगरपालिका बरिनटार बस्ने ६२ वर्षीय मान बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-२ अत्तरिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३३ वर्षीय बिक्रम देउवालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, मायादेबी गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-८ बस्ने २६ वर्षीय कृष्ण भण्डारी र सोही नगरपालिका-४ सिदिपुर बस्ने १९ वर्षीय मोहित चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु.३० प १८७० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कपिलवस्तु नगरपालिका-७ धरमपानिया बस्ने २४ वर्षीय सोनु खठिकबाट किनेर ल्याएको खुल्नआएपछी सोनुको घरबाट २ ग्राम ७ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २४ हजार २ सय ५० रूपैयाँ फेला पारी सोनुसमेतलाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा, धनकुटा नगरपालिका-९ सिरसिरेबाट अवैध लागूऔषध गाँजा करिब ५ सय केजी शुक्रबार बिहान प्रहरीले बरामद गेरको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले मुलघाटस्थित सडक धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ३१६७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकका चालकले सिरसिरे भन्ने स्थानमा ट्रक छाडी फरार भएपश्चात प्रहरीले ट्रक तलासी गर्दा १७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!