काठमाडौं, २४ वैशाख ।झुठ्ठा विवरण पेश गरी विभिन्न मितिमा नेपाली नागरिकता लिएको अभियोगमा १० जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार जिल्ला बलिया उत्तर प्रदेश राज्य घर भएकाहरु काठमाडौं शंखमुल बस्ने ५५ वर्षीय भरत प्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता, ३९ वर्षीय वर्षीय गोपाल गुप्ता, ललितपुर लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, काठमाडौं गोंगबु बस्ने ४३ वर्षीय राम प्रबेश गुप्ता, काठमाडौं कलंकी बस्नेहरू ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेह लता गुप्ता, ४९ वर्षीया मिना देवी गुप्ता र ५२ वर्षीय राजेश कुमार गुप्ता रहेका छन् ।

भारत उत्तर प्रदेशका भारतीय नागरिकहरुको समूहले नेपालका विभिन्न जिल्लाबाट विभिन्न समयमा विशेष गरी नागरिकता बनाउन टोली स्थलगत रुपमा खटिएको समय पारी झुट्टा विवरण पेश गरी नेपालको तराईका जिल्लाहरु सिराहा, बारा, पर्सा, रुपन्देही लगायतका स्थानबाट नेपाली नागरिकता प्राप्त गरी नेपालका विभिन्न स्थानमा घर-जग्गा खरिद गरी व्यापार व्यवसाय समेत गरी बसेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा उनीहरूले झुठ्ठा विवरण पेश गरी बिभिन्न मितिमा सक्कलै नेपाली नागरिकता प्राप्त गरेको खुल्न आएपछि काठमाडौंको शंखमुल, कलंकी, वागबजार, गोंगबु, बानेश्वर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै व्यक्तिको सन् २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावली विवरण अद्यावधिक भएको खुल्न आएको छ ।

साथै भरत प्रसाद गुप्ता, राहुल गुप्ता र ज्ञानमति देवी गुप्ताको नाममा रहेको मतदाता परिचय पत्र, नेपाली नागरीकताको प्रमाणपत्र, काठमाडौंमा बसाईसराई भएको प्रमाणपत्र, भारतिय राजदुतावास भारतीय नागरिक भएको सिफारिसपत्र, भारतीय सवारी चालक अनुमतिपत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायतका कागजातहरु, पक्राउ परेका व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाणपत्र ७ थान, मतदाता परिचयपत्र ५ थान र मोबाइल फोन ९ थानसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई नागरिकता ऐन तथा लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!