हिपमत डटकम

बुधबार, चैत्र १५, २०७९ || 12816  पटक पढिएको

काठमाडौं – लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वरमा सजिएको रोमाण्टिक भर्सनको ‘हेरेको तिमीलाई’ बोलको म्युजिक भिडियो ‘टिका दहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत टिका दहालको रहेको छ। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। भिडियोमा गायिका एवम मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई हरि हुमागाईले सम्पादन गरेका हुन्। छायाँकन , सम्पादन र निर्देशकीय पक्षबाट भिडियोको काम उत्कृष्ट बनाउने कोसिस गरिएको निर्माण टिमले बताएको छ। गीत तथा म्युजिक भिडियोले दर्शक सोर्ताबाट माया पाउने कुरामा निर्माण टिम आशावादी रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!