हिपमत डटकम

आइतबार, फाल्गुण २८, २०७९ || 1434  पटक पढिएको

आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको युएईलाई सुरुवातमै दोस्रो झट्का लागेको छ।

नेपालका लागि दोस्रो विकेट दिपन्द्रसिंह ऐरीले लिएका छन्। उनले आफ्नो पहिलो ओभरको चौथो बलमा आर्यन लाक्राको विकेट लिएका हु्न्। लाक्रा शून्य रनमा आउट भएका छन्।

यस्तै, पहिलो ओभर बलिङ गर्न आएका ललित राजवंशीले पाँचौ बलमा युएईका ओपनर भरिटाया अरविन्दलाई शून्य रनमा आउट गर्दै पहिलो विकेट लिएका थिए।

२ सय ४९ रनको लक्ष्य पाएको युएई ताजा अवस्थामा ४ ओभरमा २ विकेट गुमाउँदै ८ रनमा रहेको छ। नेपालले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ४८ रन जोडेको हो।

टस जितरे पहिला ब्याटिङ् गरेको नेपालले खराब सुरुवात गरेपनि कप्तान रोहित पौडेलले टिमको इनिङ्‍सलाई सम्हालेका थिए। रोहितले ११२ बलमा ९ चौका प्रहार गर्दै ७७ रनको योगदान गरेका छन्।

शून्य रनमा ओपनर आशिफ शेखलाई गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई ८ रनमै गुमाएको थियो। यस्तै, कुशल मल्ल ९ रनमा आउट हुँदा भिम सार्की २९ रन जोड्दै आउट भए।

आरिफ शेखले ४३ रन बनाउँदा गुल्सन झाले ३७ रनको योगदान दिए। त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाउँदा सन्दीप लामिछानेले २ रन जोडे।

युएईका लागि आयन अफजल खान, जाहुर खान, जावर फरिद र रोहन मुस्ताफाले समान २/२ विकेट लिए।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!