हिपमत डटकम

शुक्रबार, फाल्गुण २६, २०७९ || 8447  पटक पढिएको

बिराटनगर, फागुन २६ गते । झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिनको ३ बजे सुनसरीको दुहबी नगरपालिका ५ फुटबल चोक स्थितमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट ईटहरी तर्फ जादै गरेको मे ११ प ६१७८ नम्बरको स्कुटिलाई रोकी चेकजाँच गर्दा स्कुटि चालक झापा कमल गाँउपालिका ८ का २७ बर्षीय अर्जुन सुब्बा र स्कुटिमा पछाडी सवार झापा शिवसताक्षि नगरपालिका-८ का २१ बर्षीय मुकेश चौधरीको साथबाट ८.७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसै गरी झापाको बिर्तामोड नगरपालिका-२ का २० बर्षीय विश्वास संग्रौलाको कोठामा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा बिर्तामोड नगरपालिका ४ का २० बर्षीय अभिषेक शर्मा र बिर्तामोड नगरपालिका ८ की २० बर्षीया अनिशा मण्डलको साथबाट ८ ग्राम ब्राउन सुगर, नगद ११ हजार ६ सय रुपैँया, २ थान मोबाईल र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!