
काभ्रे, २५ फागुन ।खानीखोला गाउँपालिका-१ अन्तरेडाँडा बस्ने ५१ वर्षीय आईतामान सिंह तामाङलाई भरुवा बन्दुक १ थानसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फलामेटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तामाङको घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
