बिराटनगर, फागुन २५ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला ईलाम पेल्टिमारी गाँउपालिका-३ घई भई सुन्दरहरैचा-१० त्रिबेणी चोक स्थित डेरा गरी बस्दै आएका २४ बर्षीय सुष्मिता लिम्बुलाई शंकास्पत अवस्थामा फेला पारी उनको कोठामा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन- ८५ पिस र ट्रमाडोल-८५ पिस ट्याबलेट गरी १७० पिस नियन्त्रित औषधी बरामद गरे सगै लिम्बु र सोही कोठामा बस्दै आएका झापा पेल्टिमारी-३ का २१ बर्षीय सुजल तामाङ र मोरङ सुन्दरहरैचा-१० का २३ बर्षीय प्रेम खड्का समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी झापाको मेचिनगर नगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१० धुलाबारीका २४ बर्षीय खातिबुल महमदलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँउपालिका-१ स्थितबाट २२ बर्षीय (समिर) भन्ने देवेन्द्र चौधरीलाई २ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!