हिपमत डटकम

आइतबार, फाल्गुण २१, २०७९ || 15386  पटक पढिएको

बिराटनगर, २०७९ फागुन २१ गते । १ नम्बर प्रदेशका सुनसरी, उदयपुर र धनकुटा जिल्ला तिन छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरी पक्राउ गरेको छ ।

उदयपुरको कटारी नगरपालिका-१ कालिखोला एरियामा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका-४ सिराहाका २२ बर्षीय ललित सिंहलाई गाँजा सहित शनिवार दिउँसो पक्राउ गरेको हो । प्रदेश २-०१-००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई रोकेर चेकजाँच गर्ने क्रममा सिंहको साथबाट प्रहरी २२ केजी लागुऔषध गाँजा बरामद गरेको हो । यसैगरी वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-१३ बाट साँढे ४१ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

गाँजाको ओसार भईरहेको भन्ने सूचना पाए संगै तत्काल खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको बा १३ च २६८ नम्बरक कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कार भित्र लुकाई छिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । कारबाट गाँजा बरामद भएसंगै कार चालक धरान-१६ का ४० बर्षीय सुकेन्द्र लिम्बु र कारमा सवार रहेका पाख्रिवास ९ धनकुटा घर भई धरान १७ बस्दै आएका २८ बर्षीय नविन राईलाई समेत पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी धनकुटाको साँगुरी गढी गाँउपालिका-८ बाट १०६ केजी गाँजा बरामद भएको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १०६ केजी गाँजा बरामद भएको थियो । उक्त पिकअपमा चालक नभएको हुँदा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!