हिपमत डटकम

शुक्रबार, फाल्गुण १९, २०७९ || 20499  पटक पढिएको

बिराटनगर । मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिराटनगर-६ का आयुफ अलीलाई ०.४५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने झापाको मेचीनगर नगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका अर्जुन धारा नगरपालिका-११ का ३६ बर्षीय सागर गिरीको साथबाट १ ग्राम ७ सय मिलिग्राम र मेचीनगर-६ कि २० बर्षीया सन्ध्या दर्जीको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भए संगै नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!