
काठमाडौं, १६ फागुन। ललितपुर, महालक्ष्मी नगरपालिका(३ बोजेपोखरीस्थित डेरा गरी बस्ने सप्तरी कन्चनपुर नगरपालिका(८ घर भएका २६ वर्षीय रोशन रोनियार गुप्ताको कोठाबाट कोही नभएको मौकामा गेटको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गरगहनासमेत गरी करिब ११ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

त्सैगरी भक्तपुर, सूर्यबिनायक नगरपालिका(१ सिरुटार शान्ती कोलनी बस्ने ३४ वतर्षीय देबेन्द्र खत्रीको घरबाट झ्याल खुला रहेको अवस्थामा मोबाईल, सुनको औँठीलगायतका सामान गरी करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।