हिपमत डटकम

सोमबार, फाल्गुण ०८, २०७९ || 288  पटक पढिएको

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने आकाङ्क्षा राख्दै आएकोएक नेताले बताए । ती नेताका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासहित केही पदाधिकारी तथा पूर्वपदाधिकारी पौडेललाई नै अघि सार्न एकमत देखिएका छन् ।

फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दिने मिति निर्वाचन आयोगले तय गरेकाले कांग्रेसले ११ वा १२ गते पदाधिकारी / कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवार टुङ्गो लगाउने तयारी छ । ‘राष्ट्रपति बन्न पार्टीमा धेरै नेता योग्य र सक्षम हुनुहुन्छ,’ ती नेताले भने, ‘तर हाम्रो ( कांग्रेस) बाट पौडेलजीलाई उम्मेदवार बनाउने एक प्रकारको समझदारी छ ।’ पौडेललाई राष्ट्रपतिका रूपमा अघि सार्दा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पनि सकारात्मक हुने कांग्रेस नेताहरूको बुझाइ छ । माओवादीले राष्ट्रपतिमा सहयोग गर्नेमा आश्वस्त देखिएका कांग्रेसनिकट एक नेताले भने, ‘प्रचण्ड ( पुष्पकमल दाहाल ) जीले कांग्रेसले उठाउने उम्मेदवारका विषयमा सभापतिसँग एकपटक छलफल गरेर पार्टीबाट निर्णय गर्ने पक्षमा हुनुहुन्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!