हिपमत डटकम

शनिबार, फाल्गुण ०६, २०७९ || 2015  पटक पढिएको

विराटनगर । नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनको तयारी पूरा भएको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा सहित महाधिबेशन हुन लागेको आयोजक समितिले जनाएको छ। नेपाल खेलकुद महासंघले शनिवार विराटनगरमा पत्रकार सम्मेलन गरि महाधिवेशन र खुला दौड प्रतियोगिताको बारेमा जानकारी दिँदै आईतवार हुने खुल्ला दौड प्रतियोगितामा एमाले अध्यक्ष केपी शर्मा ओली आउने जानकारी गराएको हो ।

महाधिवेशन उद्घाटनको अवसरमा फागुन ७ गते बिहान ७। ३० बजे केपी ओली रोडरेसको प्रथम संस्करण २०७९ हुने तयारी भएको आयोजक समितिका संयोजक पर्शुराम बस्नेतले जानकारी दिए । विराटनगरको सहिद रंगशाला विराटनगरबाट शुरु हुने रोडरेस ९खुला दौड० हाटखोला पुष्पलाल चोक, बरगाछी, महेन्द्र चोकहुँदै रोडशेष पुगेर महाधिबेशन स्थल जाने तयारी भएको आयोजक समितिले जनाएको छ। खुला सडक दौड ९रोडरेस० प्रतियोगितामा प्रथम हुने महिला र पुरुषले जनही नगद एक÷एक लाख प्राप्त गर्ने जनाईएको छ।

महासंघको महाधिवेशनलाई लक्षितगरि नेफोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति व्याडमिन्टन प्रतियोगिता जारी रहेको छ। ब्याडमिन्टन प्रतियोगिता २ गतेदेखि जारी छ आईतबार सम्पन्न हुनेछ । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह आईतबार विराट नर्सिङ होम पूर्व रेको महोत्सवस्थलको मैदानमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उद्घाटन गर्ने संयोजक बस्नेतले बताए ।

महाधिवेशन उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो, कबट्टी लगायतको खेलहरु प्रदर्शन गरिने खेलकुद महासंघ प्रदेश १ का ईन्चार्ज सन्तोष बान्तवाले जानकारी दिए । जातीय संस्कृति झल्कने भेषभुषा सहितको सन्थाल, चौधरी, धिमाल, उराव, राई ९साकेला० नेवारहरुकोे लाखे लगायत सास्कृतिक झाँकीहरु प्रदर्शन गरिने उनको भनाई छ।

बन्दसत्रको कार्यक्रम फागुन ७ गते बेलुकाबाट मनासलु पार्टी प्यालेसमा हुने जनाईएको छ। महाधिबेशनमा ७७ जिल्लाका प्रतिनिधि, २८ खेलसंघ प्रतिनिधि, ७ प्रदेश र १ उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु सहित ५३० प्रतिनिधि सहभागी हुने जनाईएको छ। २९९ केन्द्रीय सदस्य महासंघमा अध्यक्षकोलागि अहिलेसम्म पर्शुराम बस्नेत बाहेक अरुले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । बन्दसत्रमा राजनैतिक तथा सांगठनिक कायिक विधान लगायत प्रतिवेदनहरु प्रस्तुत गरिने प्रवक्ता तिर्थबहादुर खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!