हिपमत डटकम

शनिबार, माघ २१, २०७९ || 12894  पटक पढिएको

विराटनगर । चर्चित मास्टर सेफ सन्तोष साहले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको स्थलगत अवलोकन गरेका छन् । विराटनगर–२ शंकरपुर मार्गमा जारी एक्स्पोमा मास्टर सेफ साहले विभिन्न स्टलहरुका उत्पादन र एक्स्पोका विभिन्न आकर्षणको पनि अवलोकन गरेका हुन् ।

साह आरएमसी फुड कम्पनी वीरगंजबाट उत्पादित न्यूट्रि प्लस कम्पनिका ब्राण्ड एम्बेसडर हुन् । विराटनगरमा यसअघि भएका साना ठुला कृषि तथा औधागिक प्रदर्शनीहरुमा नदेखिएको न्यूट्रि प्लस फुड कम्पनिले सीएनआई कोसी एक्स्पोमा भने पहिलो पटक सहभागीता जनाएको छ ।

मास्टर सेफ साहले कम्पनीको स्टलमा बसेर खाने तेल, सनफ्लावर तेल र पामोलिन तेल लगायतका उत्पादनको प्रवद्र्धन गरिरहेका छन् । साहले उद्योगी व्यवसायीहरुका लागि यस्तो एक्स्पो निकै महत्वपूर्ण हुने बताए ।
‘व्यवसायीहरुले राम्रो प्लेटफर्म पाउनु भएको छ, सर्वसाधारणहरुले पनि छानीछानी रोजाइका उत्पादनको अवलोकन र खरिद गर्ने मौका पाएका छन्’ साहले भने, ‘बजारमा विभिन्न ब्राण्डहरु छन्, राम्रो ब्राण्डहरुको व्यापार पनि राम्रो भएका छन्, त्यसले व्यवसायीहरुलाई अघि बढाउन राम्रो अवसर भएको छ ।’

मास्टर सेफ साहले यस्तो एक्स्पो भइरहनु पर्ने बताए । न्यूट्रि प्लस कम्पनिले राम्रो तेलको उत्पादन गरेकोले आफु त्यसको ब्राण्ड एम्बेसडर भएको बताए ।
‘नेपालको फुड हाइजिन कम्पनीहरु मध्ये राम्रो कम्पनी बनेर आउनु भएको छ’ उनले भने, ‘प्रोसेसिङ र प्यूरिफिकेशन पनि राम्रो छ, उद्योग खुलेर रोजगारी सिर्जना भएको छ, यो सवैको लागि फाइदाको कुरा हो ।’
एक्स्पोमा साहको उपस्थितिले अवलोकनकर्ताहरु पनि उत्साहित बनेका छन् । उनलाई भेटेर सेल्फी फोटो खिच्ने र अटोग्राफ लिनेको पनि भिड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!