हिपमत डटकम

बिहिबार, माघ १९, २०७९ || 825  पटक पढिएको

काठमाडौँ । ११ बजेलाई बोलाएको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक ५ घण्टा पछि सरेको छ । अध्यक्ष लगायत शीर्ष नेताको कार्यव्यस्तताले बैठक सरेको नेताहरूले बताएका छन् ।

‘११ बजे बस्ने भनिएको बैठक चार बजे बस्नेगरी सरेको छ’, माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले भने,‘शीर्ष नेताको कार्यव्यस्तताले सार्नुपरेको हो ।’

आजको बैठकमा माओवादीले तीन महिना कार्यायोजना लिएर नेताहरू जनताका घरदैलोमा जाने निर्णय गर्नेछ । त्यस्तै प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर र जिम्मेवारी लगायतका विषयमा निर्णय गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!