हिपमत डटकम

शनिबार, माघ १४, २०७९ || 1543  पटक पढिएको

झारखण्ड । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा आज बिहान करिब २ बजे आगो सल्केको थियो । आगो अस्पतालको दोस्रो तलामा फैलिएको थियो ।

आगोमा परेर अस्पतालतका सञ्चालक डाक्टर, उनकी श्रीमती, एक जना कामदार र दुई जना आफन्तको मृत्यु भएको छ । अस्पताल धुँवाले भरिएको र अक्सिजनको अभावमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।आगलागीको कारण नखुलेको तथा त्यसको अनुसन्धान भइरहेको धनवादका प्रहरी वरिष्ठ उपरीक्षक अरबिन्दकुमार बिनाले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!