प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्मा बसेका मन्त्रीले सङ्घीयता र गणतन्त्रको विरोध गर्न नमिल्ने बताउनुभएको छ। राष्ट्रिय सभाको मङ्गलबारको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो धारणा राख्नु भएको हो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्र र संघीय समावेशी लोकतन्त्र हाम्रो नयाँ संविधानका मुलभूत विशेषता भित्र पर्छन्। यो धेरै ठूलो योगदान र संघर्षपछि प्राप्त भएको भनेर नेपाली जनता र हामी सबैले संविधानसभामार्फत् स्वीकार गरिएको कुरा हो। सुरुदेखि नै संघीयता, लोकतन्त्र र गणतन्त्रको विषयमा विरोध चल्दै आएको हो। राजतन्त्रको ठाउँमा गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वमा एकमत भएको होइन। बहुसंख्यक जनसंख्याको आन्दोलन र धेरै नेपालीको बलिदानपछि यस्तो राजनीतिक माहोल बन्यो। अन्तत संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयतामा जाने कुरामा देश अगाडि बढ्यो। अहिले संविधान कार्यान्वयनको चरणमा जाँदै गर्दा यी विषय वैधानिक रुपमा स्थापित भए पनि कहि न कही प्रश्न उठाउने जमर्को भएको छ। मैले यो कुरा प्रत्यक्ष थाहा पाएको थिइन। मेरै क्याविनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर भन्नुभएको कुरा मान्य सदस्यले सुनाउनुभएको छ। यसमा मेरो गम्भीर ध्यानकर्षण भएको छ। मन्त्रिपरिषद्भन्दा बाहिर गएर कुरा राख्ने अधिकार सबै राजनीतिक दल र मान्य सदस्यलाई पनि हुन्छ। मन्त्रिपरिषद्भित्र बसेर संघीयताविरुद्ध र  लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने अधिकार नैतिक र कानुनी रुपले हुँदैन। यो स्पष्टीकरणको विषय पनि हुन्छ।’

सरकारमा रहेका मन्त्रिपरिषद्का कुनै सदस्यले सङ्घीयताको खारेज हुनुपर्ने र गणतन्त्र मान्दैनौं भन्ने कुरा आयो भन्ने आवाज सांसदबाट आएपछि प्रधानमन्त्रीले स्पष्ट पार्दै यस्तो बताउनुभएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!