हिपमत डटकम

सोमबार, माघ ०९, २०७९ || 8974  पटक पढिएको

दैलेखको दुल्लु नगरपालिका –९ पादुकामा उद्धार गरेको ३६ घण्टापछि चितुवा मरेको छ । दुल्लूबाट दैलेख वन डिभिजन कार्यालय ल्याउँदै गर्दा चितुवा मरेको हो । स्थानीय किसानले बँदेलका लागि थापेको पासोमा परेको चितुवाको बर्दिया निकुञ्जबाट खटिएको टोलीले आज उद्धार गरेको थियो ।

किसानले लगाएको अन्नबाली राति बँदेल र दिउँसो बाँदरले नास गर्न थालेपछि कृषकले पासो थापेका थिए । चितुवा दुई दिनअघि पासोमा परेको थियो । पासो राखेको ठाँउमा अस्भाविक आवाज आएपछि हेर्न जाँदा चितुवा देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय दुल्लूलाई खबर गरेका थिए ।

खवर पाएलगत्तै बर्दिया राष्ट्रिय निकुञ्जबाट आउनुभएका पशु चिकित्सक चित्रबहादुर खड्का सहितको टोलीले उचितुवाको उद्धार गरेको थियो । दुई दिनसम्म पासोमा परेकाले चितुवाको पछाडिको भाग नचल्ने गरी घाइते भएको खड्काले बताउनुभयो । चितुवा मरेपछि त्यसको छाला निकालेर राष्ट्रिय अखोटोपहार चितवनमा पठाइने डिभिजन वन कार्यालय दैलेखका निमित्त प्रमुख वेदप्रसाद ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!