प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव गजुरेललाई आज (सोमबार) नियुक्त गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले यसअघि स्वकीय सचिवालयमा छोरी गङ्गा दाहालसहित सात जनालाई नियुक्ति गरिसक्नुभएको छ भने प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गर्नुभएकाे छ ।

त्यस्तै, स्वकीय सचिवमा रमेश मल्ल र छोरी गङ्गा नियुक्त हुनुभएको छ भने स्वकीय सहसचिवका रूपमा मनहरि तिमिल्सिना, सूर्यकिरण शर्मा, शिव खकुरेल र गोकर्ण भट्टलाई प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्नुभएको छ ।

यसैगरी, यसअघि शर्मा प्रेस संयोजक र तिमिल्सिना प्रेस विज्ञको रूपमा नियुक्त हुनुभएको छ भने प्रधानमन्त्रीको फोटो पत्रकारमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!