हिपमत डटकम

आइतबार, माघ ०८, २०७९ || 620  पटक पढिएको

आइतबार बिहान सुर्खेत वीरेन्द्रनगर ११ झुप्रा खोला नजिक इसुजु डी म्याक्स कम्पनीको गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गयो । ज्यान गुमाउने चारै जना स्वास्थ्यकर्मी हुन् ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबार एचएमआइएस, भिएसआइएस, इएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठीमा दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य प्रमुखहरूलाई वीरेन्द्रनगर बोलाएको थियो । सोही गोष्ठीमा सहभागी हुन गुराँस गाउँपालिकाका राजेन्द्र बिसी, डुङ्गेश्वर गाउँपालिकाका दीपेन्द्र शाही, भगवतीमाई गाउँपालिकाका बबिन शाही र भैरवी गाउँपालिकाका वीरेन्द्र शाही सुर्खेत आउनुभएको थियो ।

शनिबारको गोष्ठी सम्पन्न भएपछि बेलुका भैरवीकै सागर शाहीसँग भेट भयो । धेरै समयपछि भेट भएको भन्दै चारै जनाले खुसी मनाउने निधो गरे । भेरीगंगा नगरपालिका–१ मा रहेको एक कटेजमा रमाइलो गर्ने भन्दै साँझ ६ बजेतिर उहाँहरू वीरेन्द्रनगरबाट भेरीगंगा जानुभएको थियो । राति अबेरसम्म खान पिन गरेर रातिको करिब १२ बजेतिर पाँचै जना वीरेन्द्रनगरतर्फ फर्कँदै हुनुहुन्थ्यो ।

उहाँहरू सवार गाडी सागर शाहीले चलाउनुभएको थियो । रातिको समय भएको र हुस्सुले सडक ढाकेको थियो । गीतको तालमा गाडीले झुप्रा खोला जाने बाटो क्रस गर्‍यो । त्यसपछि गाडीले करिब तीन सय मिटर अगाडि पुग्ने बित्तिकै सडक छेउमा निर्माण गरिएको डिभाइडरमा सो गाडी बजारिन पुग्यो ।

 

त्यति बेलासम्म होसमा हुनुहुन्थ्यो वीरेन्द्र शाही । गाडीले ६ वटा डिभाइडर भत्काउँदै सडकभन्दा करिब १० मिटर तल उत्तानो परेर बजारियो । गाडी चालक सागर, राजेन्द्र, दीपेन्द्र र बबिन गम्भीर घाइते हुनुभयो ।

गम्भीर घाइते वीरेन्द्रले प्रहरीलाई फोन गरे । बिहान करिब साढे २ बजेतिर प्रहरीले उहाँहरूको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुरायो । वीरेन्द्र बाहेक अन्य चार जनाको उपचारकै क्रममा ज्यान गयो ।

दुर्घटनामा परी घाइते भएका वीरेन्द्रले भन्नुभयो, ‘‘गाडी स्पिडमा पनि थिएन हुस्सु पनि लागेको थियो, गाडी अगाडि बढ्दै थियो । खै एक्कासि के भयो भयो, गाडी खसेपछि म सडकको छेउमा बजारिन पुगे । जसोतसो गरी उठे र प्रहरीलाई फोन गरे, त्यसपछि मलाई कहाँ के भयो थाहै भएन ।’’ घाइते हुनुभएका वीरेन्द्रलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!