हिपमत डटकम

शनिबार, माघ ०७, २०७९ || 7691  पटक पढिएको
बिराटनगर, माघ ७ गते । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको छ ।
निर्देशनको क्रममा वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने तथा आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्यमा खटिन र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन साथै भारतिय काउण्टर पार्टससंग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्दैशन दिनु भयो ।
निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!