पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति पाकिस्तानले दुःख व्यक्त गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गरेको हो ।
मन्त्रालयले यस घटनाबाट आफूहरू दुखित भएको बताउँदै आफ्ना प्रार्थना शोक सन्तप्त परिवारका सदस्यसँग रहेको उल्लेख गरेको छ । यस दुखद घडीमा पाकिस्तान नेपालको साथमा रहेको विज्ञप्तिमा बताइएको छ । यसअघि अमेरिका, चीन र भारतले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेको थियो ।