हिपमत डटकम

बिहिबार, पौष २८, २०७९ || 18535  पटक पढिएको

विराटनगर ÷ विराटनगर महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरुले जथाभावी लत्रिएका तारको व्यवस्थापन गर्न सुरु गरेका छन् ।विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए । गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको थियो ।

सोही बैठकले पुस २८ गते बिहीबारदेखि सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गर्न सुरु गरेका हुन् । महानगरले तार व्यवस्थापनको सहजीकरण गर्न इन्जिनियर सिंहलाई जिम्मेवारी तोकेको थियो । चिसो मौसम भएका कारण तार व्यवस्थापनमा समय लाग्ने देखिएको उनले बताए ।

“टेलिकमको पोल नै सार्नुपर्ने अवस्था देखिएको छ,” सहजीकरणको जिम्मेवारी पाएका इन्जिनियर सिंहले भने, “धेरै भीडभाड हुने भएकाले दिउँसो काम गर्न समस्या छ । जतिसक्दो बिहान नै काम गर्नुपर्ने हुन्छ ।”महानगरले केवल र नेट प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर दुईपटक बैठक राखेपछि तार व्यवस्थापनको काम अगाडि बढेको छ । यसअघि गत असोज १३ गते पनि महानगरले बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइएको थियो ।

“अव्यवस्थित तारका कारण विराटनगरको सुन्दरतामा कमी आएको छ,” मेयर कोइरालाले भने, “अहिले नै अण्डरग्राउण्ड गर्ने अवस्था नभएकाले कम्तीमा लत्रिएका तारलाई माथि तानेर बाँधियो भने केही व्यवस्थित त हुन्छ ।” चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने सोमबारको बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!