हिपमत डटकम

बिहिबार, पौष २८, २०७९ || 495  पटक पढिएको

चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ ।

मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्यापिङ्मा रहेको निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो ।

निकुञ्जबाट बाहिर निस्किएर अन्य मानवीय क्षति गर्नसक्ने आशङ्कामा हात्तीलाई प्राविधिक टोलीले औषधि दिएको तिवारीले बताए। उनले भने, “गोविन्दे हिंस्रक होइन तर पनि मात नियन्त्रण गर्ने औषधि दिएका छौँ ।” अहिले गोविन्दे मात चढेको अवस्थामा नरहेको उनले जानकारी दिए ।

पुस २० गतेसम्म बसेको सो प्राविधिक टोलीले सोही क्षेत्रमा घाइते बाघ रहेको आशंका गरेको थियो । त्यसको पहिचान र हात्तीको उचित व्यवस्थापनका लागि बाघ गणनामा प्रयोग गरिएका चार जोडी क्यामेरा प्रयोग गरिएका थिए । सोही क्रममा हात्तीलाई औषधि दिइएको हो । बाघ भने सो क्षेत्रमा नदेखिएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!