हिपमत डटकम

आइतबार, पौष १७, २०७९ || 1662  पटक पढिएको

इस्वी सम्वतको नयाँ वर्षको अवसरमा धनुषाको ढल्केवरस्थित पर्यटकीय स्थल मिथिला सागरमा आन्तरिक पर्यटक तथा पिकनिक (वनभोज) मनाउनेहरुको भीड लागेको छ ।

मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकसित भइरहेको मिथिला सागरमा टाढा–टाढाका पर्यटक घुम्न तथा पिकनिक (वनभोज) मनाउन आएका छन् ।

नयाँ वर्षको शुभकमना आदानप्रदान गर्न र सामूहिक रुपमा पिकनिक खाँदै रमाइलो गर्न पर्यटकहरु यहाँ आएका हुन् । पर्यटकको बढ्दो उपस्थिति ध्यानमा राख्दै मिथिला सागर संरक्षण समितिले मिथिला सागर क्षेत्रको सौन्दर्यकरण, सरसफाई, खानेपानी र सुरक्षा व्यवस्था कडा बनाएको छ ।

ढल्केवर चोकबाट तीन किलोमिटर उत्तरमा पर्ने मिथिला सागर पर्दछ । पोखरी दमार सामुदायिक वन क्षेत्रमा रहेको मिथिला सागरमा दुई सयभन्दा बढी समूह पिकनिकका लागि आएको संरक्षण समितिका पदाधिकारी देवराज घिमिरले बताउनुभयो ।

 

उहाँले अघिल्लो अंग्रेजी नयाँ वर्षको तुलनामा यसवर्ष अधिक सङ्ख्यामा पर्यटक आएको जानकारी दिनुभयो । यस पर्यटकीय स्थलमा देशका विभिन्न स्थान र भारतबाट समेत पर्यटक आएका छन् ।

वर्षको सुरुका दिनमा रमाइलो गर्दा वर्षभर खुशी मिल्ने विश्वासमा नयाँ वर्षलाई विशेष महत्व दिने गरिएको पाइन्छ ।

जिल्लाको ढल्केवरस्थित मिथिला सागर, कमला नदी, लालगढलगायत पर्यटकीय स्थलमा समेत आन्तरिक पर्यटक तथा पिकनिक मनाउनेहरुको भीड छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!