हिपमत डटकम

मंगलबार, पौष १२, २०७९ || 9979  पटक पढिएको

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बजेट र भौतिक संरचनाले मात्रै शिक्षाको गुणस्तरमा सुधार नआउने धारणा राखेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीआई)ले मंगलबार विराटनगरमा आयोजना गरेको शिक्षामा लगानी विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले शिक्षाको गुणस्तर वृद्धिका दक्ष र अनुभवी शिक्षक तथा कुशल व्यवस्थापक जरुरी रहेको बताए । उनले शिक्षाको गुणस्तर वृद्धिका लागि दक्ष शिक्षकसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक पनि गम्भीर हुनुपर्नेमा जोड दिए ।

शैक्षिक गुणस्तर वृद्धिमा महानगरले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो । “बजेटसँगै भौतिक संरचना पर्याप्त हुँदाहुँदै पनि अधिकांश विद्यालयको गुणस्तरमा सुधार आउन सकेको छैन,” उनले भने, “यसको पछाडि विद्यालयमा हुने राजनीतिकरणका साथै आफ्नो जिम्मेवारीप्रति शिक्षकहरु गम्भीर नहुँदा शैक्षिक सुधार हुन नसकेको हो भन्ने लाग्छ ।” महानगरले चालु आर्थिक वर्षका लागि कुल बजेटको ९ प्रतिशत शिक्षा क्षेत्रमा छुट्याएको उनले बताए । जुन भौतिक पूर्वाधारपछि सबैभन्दा बढी हो ।

कार्यक्रममा महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, प्रदेश–१ को सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेल, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा, बुद्धिजीवी दिनेश श्रेष्ठ, शिक्षासेवी वुदु खतिवडा, खेमराज भट्टराई, त्रिलोक न्यौपाने, आयोजक संस्थाका संयोजक विनोद भण्डारीलगायतले महानगरको शैक्षिक सुधारका लागि आ–आफ्ना सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!