काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवनस्थित काठमाडौं भ्यालि कलेजमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्युठान, माण्डवी गाउँपालिका-२ ढाड बस्ने टेक बहादुर बिकको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा लत्ताकपडा, अन्नपात लगायतका करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उदयपुर, त्रियुगा नगरपालिका-३ राईचोक बस्ने टिका ठकुरीको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, फर्निचर लगायतका करिब १६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।