काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संकटमा रहेको अर्थतन्त्रको सुधारका लागि पहल गर्ने बताएका छन् । सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दैसञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकमा देखिएको अर्थतन्त्र व्यवस्थापनमा लाग्ने बताए ।अर्थमन्त्री पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइजेसन गर्ने निर्णय समेत गरेका छन् । कार्यभार सम्हालेपछि उनले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।