हिपमत डटकम

सोमबार, पौष ११, २०७९ || 4692  पटक पढिएको

बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार अगाडि धर्ना दिएका छन् ।

सोमबार बिहानैदेखि धर्ना दिएका हुन् । उद्योगीको धर्नाका कारण राष्ट्र बैंकका कर्मचारी बाटोमै रोकिएका छन् ।

गेट अगाडि धर्ना बसेका उद्योगी व्यावसायीले बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । सोमबार बिहान ९ बजेदेखि धर्ना सुरु गरेका उनीहरुले बेलुका ४ बजेसम्म धर्ना दिने तयारी गरेका छन् ।

बैंकको चर्को ब्याजदर घटाउन माग गर्दै बिहीबारयता उद्योगी व्यावसायीले निरन्तर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनकै क्रममा उनीहरुले सोमबार राष्ट्र बैंकको प्रवेशद्वारका लागि धर्ना दिएका हुन् । सडक छेकेर उद्योगी व्यावसायीले धर्ना दिएपछि बैंकका कर्मचारी बाहिरै रोकिए ।

बैंकको ब्याजदर घटाउन माग गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ सहित तीन दर्जन बढी संघसंस्थाले बिहीबारदेखि आन्दोलन गरिरहेका छन् ।

सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण निजी क्षेत्र विस्थापित हुने अवस्था आएपछि चर्को ब्याजदर विरुद्ध सडक संघर्षमा उत्रनु परेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरुको माग छ । पछिल्लो समय बैंकको ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको गुनासो छ । स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!