हिपमत डटकम

शनिबार, पौष ०९, २०७९ || 15780  पटक पढिएको
झापा, पुस ०९ गते । झापाको  कनकाई नगरपालिका-४ का ५५ बर्षीय पदम लाल बास्तोलाको हत्यामा संलग्न उनकै बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा (भाई बुहारी) कनकाई नगरपालिका-४ कि ४८ बर्षीया रनमाया बास्तोला रहेकि छन ।
पुस ७ गते बिहिबार शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलाको बगरको काँस घारीमा पदम लाल बास्तोला मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा रनमाया बास्तोलाले पुस ६ गते मृतक बस्तोला संगै घाँस काट्न गएको बेला हँसिया प्रहारी गरी  हत्या गरेको खुल्न आएको छ ।  पुस ८ गते हत्यामा प्रयोग भएको हँसिया सहित पक्राउ परेकि रनमायाको इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!