हिपमत डटकम

शनिबार, पौष ०९, २०७९ || 524  पटक पढिएको

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘महिला पहिला’ नामक कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाएको छ । लैङ्गिक हिंसा न्यूनीकरण, महिला नेतृत्व विकासको लक्ष्य रहेको यो कार्यक्रम कार्यान्वयनका लागि ६० स्थानीय तहमा बजेट पठाइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जिम्मेवारी सम्हाल्नुभएपछि गरिएका कामबारे शुक्रबार जानकारी दिँदै मन्त्रालयमार्फत पहिलो पटक महिला पहिला भन्ने कार्यक्रम ल्याइएको, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि १० लाख रुपियाँ बजेट छुट्याइएको बताउनुभयो ।

उहाँले मन्त्रालयहरूमध्ये बजेटको हिसाबमा सबैभन्दा कम महत्त्व दिइएको तर जिम्मेवारीको दायरा भने फराकिलो रहेको बताउनुभयो । मन्त्री रेग्मीले विगतमा सो मन्त्रालयको बजेट ८० करोड रुपियाँ विनियोजन हुने गरेकोमा आफ्नो पहलमा एक अर्ब ७८ करोड पु-याएर महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि काम गरिरहेको बताउनुभयो । मन्त्रालयले राष्ट्रिय बालअधिकार परिषद्को पञ्चवर्षीय रणनीतिक योजना ल्याइएको, ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०७९ संसद्बाट पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!