हिपमत डटकम

शुक्रबार, पौष ०८, २०७९ || 1246  पटक पढिएको

काठमाडौ । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका छन् । माओवादी संसदीय दलको आज बसेको बैठकले दाहाललाई सर्वसम्मत चयन गरेको हो । माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको छ ।बैठकले सरकार गठनका लागि गठबन्धन दलबाटै अघि बढ्ने र यसका लागि आवश्यक छलफल गर्ने निर्णयपनि गरेको छ ।
सरकारलाई व्यवस्थीत गर्न र पार्टीको तर्फबाट नेतृत्व गर्न पनि गठबन्धनमा छलफल हुने बताईएको छ । दलको उपनेता र सचेतकको चयन केहि दिन पछि गरिने माओवादी केन्द्रले जनाएको छ । बैठकले संघीय सांसदबाट मासिक १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ । बैठकले दलको बिधान अन्तरिम रुपमा पारित गरेको छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!