हिपमत डटकम

मंगलबार, पौष ०५, २०७९ || 708  पटक पढिएको

फिल्म ‘केजीएफ २’ वर्ष २०२२ को सबैभन्दा पपुलर फिल्म सावित भएको छ । हालै टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’ ले सार्वजनिक गरेको वर्ष २०२२ को भारतीय फिल्मको वार्षिक रिपोर्ट सूचीमा फिल्म ‘केजीएफ २’ बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो फिल्म बन्न सफल भएको हो ।

 

साउथ सुपरस्टार यश अभिनित यो फिल्मले १४ अप्रिलमा २.१४ मिलिनियम टिकट बेचेको थियो । जसले फिल्मलाई २०२२ को सबैभन्दा धेरै कमाउने फिल्म बनायो । फिल्मले बाहुबलीको ५ वर्ष पुरानो रेकर्ड समेत तोडेको छ ।

बक्सअफिसमा राम्रो कमाउन सफल फिल्म आरआरआर पनि यो लिष्टको दोस्रो स्थानमा छ । एसएस राजामौलीको फिल्म आरआरआर वर्षको सबैभन्दा धेरै कमाउन सफल फिल्म भएपनि भारतमा टिकट बिक्रिको मामलामा केजिएफ २ भन्दा आरआरआर पछि छ ।

टिकटको आधारमा धेरै कमाउने सूचीमा केजिएफ २ र आरआरआर भन्दा पछि द कस्मिर फाइल्स, पोन्नियन सेल्वान, ब्रह्मास्त्र लगायत फिल्म छन् । यस बाहेक कान्तारा, कात्र्तिकेय, सीता रामम, ७७७ चार्ली फिल्मको नाम पनि त्यो सूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!