हिपमत डटकम

मंगलबार, पौष ०५, २०७९ || 686  पटक पढिएको

 सरकारले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्को पुस ३ गते बसेको बैठकले सो निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको जानकारी दिनुभयो। खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश पनि बैठकले स्वीकृत गरेको छ।

त्यस्तै नीलगिरि खोला १ र २ जलविद्युत् आयोजनाको  २२० केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, माथिल्लो फावा खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, संरक्षण क्षेत्रभित्रका जलविद्युत् आयोजनाका लागि थप सर्त समावेश गर्ने र मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!