हिपमत डटकम

मंगलबार, पौष ०५, २०७९ || 799  पटक पढिएको

त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दै छ ।

 

विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक छलफल भइसकेको जानकारी दिँदा परिषद्का सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपाल समाचारपत्रलाई फागुन १४ मै गर्नेगरी कार्यतालिका सार्वजनिक गर्ने स्पष्ट पारे ।

तोकेकै मितिमा निर्वाचन गर्नेगरी तयारी थालिरहेको जानकारी दिँदै उनले भने, ‘पहिलो बैठकपछि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेका छौं । यसका लागि सरकारको पूर्ण सहयोगको आवश्यक्ता छ ।’

उनका अनुसार बैठकले निर्वाचनको कार्यतालिका तयारीका विषयमा छलफल गर्न विद्यार्थी संघ संगठनलाई औपचारिक पत्राचार गर्ने लगायतका विषयमा निर्णय गर्नुका साथै बैठकपछि त्रिविले सुरक्षा निकाय र दलका नेता लगायतसँग छलफल गर्ने तयारी थाल्नेछ।

यसअघि त्रिविका पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्रालय लगायतसँग छलफल गरिसकेको छ । त्रिविका रेक्टर प्राडा शिवलाल भुषालको अध्यक्षतामा हुने बैठकमा त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहाल उपाध्यक्ष रहने व्यवस्था छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!