बलेफी गाउँपालिका-४ नौबिसे बस्ने ४४ वर्षीय बलराम भण्डारीको किराना पसलबाट सुनका गहना र नगद २० हजार रुपैया समेत गरी करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको छ ।
पसलको ढोकाको लक तोडी सुनको गहना र नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।