हिपमत डटकम

आइतबार, मंसिर २५, २०७९ || 1263  पटक पढिएको

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।

 

ज्यान गुमाउनेमा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही रहेका छन् । दुर्घटनामा परि शाहीसहित तीन जना घाइते भएकामा उनीहरुको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

यस्तै, घाइते खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सवराज बमले जानकारी दिए ।

यस्तै तीन जना अझै बेपत्ता रहेका उनले बताए । बेपत्ता हुनेमा डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!