हिपमत डटकम

आइतबार, मंसिर २५, २०७९ || 430  पटक पढिएको

 भ्रष्टाचार आरोपका नाममा पर्ने गरेका झुटा उजुरी आख्तियारका लागि अहिले टाउको दुखाइ बनेको छ। यस्ता उजुरीका कारण अख्तियारको श्रम, शक्ति र समयमात्र खेर गएको छैन, अनुसन्धानको गतिलाई नै प्रभावित पारेको बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख गोपालकुमार अधिकारीले बताउनुभएको छ।

छानबिनका क्रममा जनकपुर उपमहानगरपालिकाको नाममा परेकामध्ये ४० प्रतिशत उजुरी झुटा ठहरिएका थिए। ‘झुटा भएको खुलासा हुन्जेल ती उजुरीमाथि कार्यालयको स्रोत साधन र श्रम खर्च भइसकेको हुन्छ।’

अख्तियारको बर्दिबासस्थित कार्यालयमा शुक्रबार आयोजित ‘भ्रष्टाचार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तक्र्रियामा अधिकारीले यो आर्थिक वर्षमा परेका उजुरी अर्को वर्षका लागि सरेर जाने कारण झुटा उजुरी पनि भएको बताउनुभयो।

यस्ता उजुरी नियतवश अख्तियारलाई दुःख दिने उद्देश्यले नभई सही सूचनाको अभावले गर्दा भएको अनुसन्धानको क्रममा खुलेको छ। झुटा उजुरी दस प्रतिशतभन्दा बढी पर्ने गरेको उहाँको भनाइ छ। विकास निर्माण गर्ने ठाउँमा सूचना बोर्ड नराख्दा उजुरीकर्तामा भ्रममा पर्न गई प्रदेशको नाममा दिनुपर्ने उजुरी स्थानीय तहको नाममा पर्ने गरेको छ। अधिकारीले भन्नुभयो, “सानो त्रुटिका कारण धेरै जना पिरोलिन पुगेका छन्।”

अन्तक्र्रियामा मधेश प्रदेशका मुख्यसचिव कृष्णबहादुर राउतले भ्रष्टाचार बढ्नुमा कर्मचारी बढी जिम्मेवार भएको आरोप लगाउनुभयो। यो कुराको आभास जनकपुर आएपछि भएको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘‘कर्मचारीले फट्याइँ नगर्ने हो भने राजनीतिक मान्छेले भ्रष्टाचार गर्नै सक्दैन। कर्मचारीले अडान लिन सके भ्रष्टाचार रोक्न सकिन्छ। चेकमा सही गर्ने कस्ले हो ?’’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!