हिपमत डटकम

शनिबार, मंसिर २४, २०७९ || 3403  पटक पढिएको

पेरुका नव निर्वाचित राष्ट्रपति डिना बोल्वार्टेले आगामी निर्वाचन निर्धारित समयभन्दा अगावै हुन सक्ने सङ्केत गरेकी छन् । यदि परिस्थिति अनुकूल भयो भने सरकारले चुनाव अगाडि सार्ने गरी कङ्ग्रेसका राजनीतिक र लोकतान्त्रिक शक्तिहरूसँग वार्ता गर्ने सम्भावना रहेको उनले बताएकी छन् ।

 

बोल्वार्टेले बुधबार पदभार ग्रहण गर्दै कङ्ग्रेसले उनको पूर्ववर्ती पेड्रो कास्टिलोलाई विधायिका भङ्ग गर्ने असफल प्रयासको गरेको केही घण्टापछि महाभियोग लगाएको थियो । सुरक्षा बलद्वारा हिरासतमा रहेका कास्टिलोले यसअघि विपक्षी नेतृत्वको कङ्ग्रेसले अनुमोदन गरेको महाभियोग प्रस्ताव आफू विरुद्ध राजनीतिक खेलको हिस्सा भएको टिप्पणी गरेका थिए ।

पेरुको अरेक्विपा, इका र ट्याक्ना क्षेत्रहरूमा पान–अमेरिकन राजमार्गको केही भागहरूमा विरोध प्रदर्शन भइरहेका बेला प्रारम्भिक चुनावमा बोलुआर्टेको टिप्पणी सार्वजनिक भएको हो । त्यहाँ स्थानीयहरूले कास्टिलोको गिरफ्तारीको विरोधमा ढुङ्गा, लाठीसहित टायर बालेर सडक अवरुद्ध गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!