हिपमत डटकम

बिहिबार, मंसिर २२, २०७९ || 10136  पटक पढिएको

उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाको पूर्ण रूपमा लागू गर्न ध्यानाकर्षण गराउनुभएको छ।

बिहीबार काठमाडौंमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थालाई पूर्ण रूपमा लागू गराउन सबैको ध्यानाकर्षण गराउनुभएको हो।

उहाँले मानव अधिकार उल्लङ्घनका घटना अझै पनि नरोकिएको बताउनुभयो। उहाँले सबै जनताले मानव अधिकार पाएको महसुस गर्न नसकेको बताउनुभयो।

उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यलेपछि पारेका जाति र वर्गको लागि आवश्यक रहेको बताउनुभयो। उहाँले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताउनुभयो।

उपराष्ट्रपति पुनले आगामी दिनमा सङ्घ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘निर्वाचनको पूर्ण परिणामसँगै सङ्घ र सात प्रदेशमा सरकार बन्नेछ। ती सरकारले देशको विकास र समृद्धिको लागि र मानव अधिकारका क्षेत्रमा, सुशासनका क्षेत्रमा राम्रो काम गर्ने छन् भन्नेकुरा पनि म विश्वास लिएको छु। अर्थात् सुशासनका क्षेत्रमा पक्कै पनि आजका दिनभन्दा आगामी दिनहरू अझै राम्रा र अझै प्रगतिशील र मानव अधिकारका क्षेत्रमा पक्कै पनि धेरै प्रगति हुनेछ भन्ने हामी सबैले विश्वास गर्दछौँ।’ उहाँले विकास र समृद्धिका लागि पनि दुवै तहको सरकारले काम गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!