हिपमत डटकम

बिहिबार, मंसिर २२, २०७९ || 508  पटक पढिएको

जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस केन्द्रित दुई दलका अध्यक्षलाई भेटेर मधेसको मुद्दामा मिलेर काम गर्न प्रस्ताव गरेका छन् ।

 

अध्यक्ष राउतले हिजो जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई छुट्टा छुट्टै भेटेर सो प्रस्ताव गरेका हुन् ।

सप्तरी २ मा आफूले पराजित गरेका जसपाका अध्यक्ष यादवलाई अध्यक्ष राउतले उनकै निवासमा हिजो साँझ भेट्न गएका थिए । सो भेटमा अध्यक्ष यादवले राउतलाई जितको उपलक्ष्यमा बधाई तथा शुभकामना दिँदै मधेसको मुद्दामा प्रतिवद्ध भएर काम गर्न सुझाव दिएको बताइन्छ ।

सोही क्रममा अध्यक्ष राउतले मिलेर मधेसको हितमा काम गर्न अध्यक्ष यादव समक्ष प्रस्ताव गरेको सो पार्टीका महासचिव चन्दन सिंहले बताए । एक अर्काको सहयोगले मात्र मधेसको मुक्ति सम्भव रहेको कुरा अध्यक्ष राउतले राखेको र त्यसमा अध्यक्ष यादव पनि सकारात्मक रहेको उनले बताए । अध्यक्ष यादवले पनि मधेसलगायत उत्पीडनमा परेका समुदायका लागि मिलेर काम गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।

लोसपाका अध्यक्ष ठाकुर समक्ष पनि अध्यक्ष राउतले यहीं प्रस्ताव लिएर गएका थिए । अध्यक्ष ठाकुर पनि महोत्तरी ३ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव जितेका छन् । दुवैजनाले एक अर्कालाई बधाई दिनुको साथै शुभकामना साटासाट गरेका थिए ।

अध्यक्ष ठाकुरले मधेसको लागि थुप्रै काम गर्न बाँकी रहेको र त्यसका लागि मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए । त्यसमा अध्यक्ष राउतले पनि आफू सबै दलसँग मिलेर काम गर्न चाहेको र त्यसमा एक अर्काको सहयोग आवश्यक रहेको धारणा राखेको बताइन्छ ।

हिजो नै अध्यक्ष राउतले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!