हिपमत डटकम

मंगलबार, मंसिर २०, २०७९ || 1733  पटक पढिएको

विश्वव्यापी रूपमा चासोको विषय बनेको फिफा विश्वकप फुटबललाई मध्य नजर गर्दै ‘भकुन्डो ब्याटल फेस्ट’ कम्पिटिसन हुने भएको छ । ३ राउन्ड ब्याटल गरिने कार्यक्रममा र्यापर मानस घले जजको रूपमा देखिने छन् भने कार्यक्रमको सञ्चालन भोयोमाले गर्नेछन् ।

आर एन एस कृयसनले आयोजन गरेको कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले , मेरेडोना, मेसी , रोनाल्डो साथै फिफामा सामेल भएका देश अर्जेन्टिना , ब्राजिललाई समर्थन गर्दै र्‍याप प्रस्तुत गर्ने छन् । प्रतियोगी मेक(अर्जेन्टिना) , भोइड (पेले) , रमन ( मेरेडोना) , सेभेक (ब्राजिल) भएर स्टेजमा देखिने छन् ।

“भकुन्डो ब्याटल फेस्ट” को पहिलो एपिसोड सार्वजनिक भइसकेको छ जसमा ब्राजिलको समर्थनमा सेभेक भर्सेस अर्जेन्टिनाको समर्थनमा मेकले प्रस्तुति दिएका छन् । दर्शकको भोटको आधारमा प्रतियोगीहरू पहिलो , दोस्रो र तेस्रो हुनेछन् । र्यापरहरुलाई भोट गर्नका लागि दर्शकले अनलाइन एप दामी म्युजिकमा इ-सेवा , आएमि.पे बाट भोट गर्न सक्नेछन् ।

विजेता हुने प्रतियोगीले रु २५००० पाउने छन् भने सहभागीले रु १०००० पाउने छन् । कार्यक्रमको फाइनल रिजल्ट फिफा फाइनलको एक दिन अगाडि हुने छ । दर्शकले यस कार्यक्रमलाई डिस होमको ११२ च्यानल डी म्युजिक टिभीका साथै युट्युब च्यानल ओएसआर रियालिटीबाट हेर्न सक्ने छन् । साथै अडियो मात्र सुन्न चाहने दर्शकको लागि दामी म्युजिक एप र आइ ट्युन पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!