हिपमत डटकम

मंगलबार, मंसिर २०, २०७९ || 1398  पटक पढिएको

नागरिकता प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भए तापनि दैलेखमा नागरिकता लिनका त्यति सजिलो चाहिं छैन । दैलेखमा जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय र दैलेखको दुल्लुमा रहेको इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रदान गरिन्छ ।

सदरमुकामको जिल्ला प्रशासन कार्यालयबाट ६ वटा पालिकाका नागरिकहरूले नागरिकता लिन पाउँछन् भने इलाका प्रशासन कार्यालय दुल्लुबाट पश्चिम क्षेत्रका ५ वटा पालिकाका नागरिकहरूले नागरिकता लिन पाउँछन् । राहदानी, राष्ट्रिय परिचय पत्रलगायत अन्य महत्वपूर्ण कामका लागि भने जिल्ला प्रशासन कार्यालयलाई मात्र अनुमति छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखमा पर्याप्त संख्यामा कर्मचारीहरू भएको कारण त्यहाँ पुग्ने नागरिकहरूले एक दिनमा नै नागरिकता पाउँछन् तर यता क्षेत्र नं। २ को सदरमुकाम रहेको दुल्लुस्थिति इलाका प्रशासन कार्यालयबाट भने नागरिकता लिनका लागि भने एक दिनको पैदल बाटो हिडेर हप्तौं पर्खिनुपर्ने वाध्यता छ ।

पाँचवटा पालिकाको नागरिकता प्राप्त गर्ने उक्त कार्यालयमा एक दिनको बाटो भएर पश्चिम अछाम र उत्तरको कालिकोटको सिमाना पिपलकोटका नागरिकहरूले समेत हप्तौं पर्खिनुपर्ने वाध्यताले सेवाग्राहीले हैरानी खेप्नुपरिरहेको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!