हिपमत डटकम

मंगलबार, कार्तिक २२, २०७९ || 665  पटक पढिएको

यही मंसीर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएका सुधिर पटेल प्रति उत्साहजनक जनलहर बढेको छ । अपराध मुक्त र भ्रष्टाचार मुक्त समाज निर्माणको अभियान सहित स्वतन्त्र उम्मेदवारी दिनु भएका युवा उम्मेदवार सुधिर पटेललाई आज घरदैलो कार्यक्रमको अवसरमा मतदाताहरुले भव्य रुपले स्वागत गरेका छन् ।

आज बिहान वीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरका वडावासीहरुले स्वतन्त्र उम्मेदवार स्वागत गरेको थिए । घरदैलोमा निस्केका स्वतन्त्र उम्मेदवार सुधिर पटेल प्रति जनताको सहानुभूति बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ । उनलाई स्थानीयहरुले घरदैलो कार्यक्रममा स्वस्फूर्त रुपमा सहयोग गर्दै स्वागत समेत गरेका थिए ।

पटेललाई आफ्नो क्षेत्रमा स्वागत गर्दै वडा भित्र घरदैलोमा समेत स्थानियले सहभागिता जनाएका थिए । मधेसको बजेटमा अनियमित्ता बढेको र भ्रष्टाचार समाप्त पार्ने तथा जनताको सेवक बनेर काम गर्ने बाचा स“गै स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलको पक्षमा जनता उभिन थालेका छन् । वडा नम्बर २२ का मतदाताहरुका अनुसार आफुहरु यसपाली हुन गइरहेको प्रदेश सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई नै रोज्ने बताएका छन । दुख, सुखका साथिको रुपमा पटेल स्थापीत भएकै कारण आफुहरु स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गराउने प्रतिवद्धता जाहेर गरेका छन् । पटेल १८ वर्ष अगाडी विद्यार्थी जीवनदेखिनै राजनीतिमा होमिएका व्यक्ति हुन् ।

नीजसंगै एमाले–जसपा गठबन्धनबाट विचारी यादव, सत्तारुढ गठबन्धनबाट रहबर अन्सारी लगायतका व्यक्तिहरु मैदानमा छन् । यादव यस अगाडीको प्रतिनिधी सभा सदस्य पद तथा अन्सारी महानगरको मेयर पदबाट पराजित भईसकेका व्यक्ति हुन् ।
राजनैति दलहरुको सत्तामोहका कारण देश विनाशको बाटो तर्फ अग्रसर भईरहेको अवस्थामा मतदाताहरुले यसको निकासका लागि स्वतन्त्र उम्मेदवारहरुलाई देशैभर समर्थन गरिरहेको कैयौं उदाहरणहरु समेत स्थापित भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!