हिपमत डटकम

मंगलबार, कार्तिक २२, २०७९ || 1937  पटक पढिएको

बिराटनगर। संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्याका साझा उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन ।

निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाइ संवोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाइ दिनका लागि मात्र उम्मेद्वार भएको र सांसद भएपछि पनि लिने भन्दा , यो समाज र राष्ट्रलाइ के बढी दिन सकिन्छ आप्नो ध्यान त्यसमा बढी भएको बताएका छन ।

भ्रष्ट्राचार गर्नु वा घुस खानु आप्ना लागि आमाको रगत खाएसमान हुने भन्दै शर्माले राज्यकोष बाट कुनै सुविधा नलिएर काम गर्ने घोषण गरेका हुन । यस अघि जनताले जिताएका धेरै जनप्रतिनिधि घुस खान र भष्ट्राचार गर्न लागेका कारण जन चाहाना पुरा हुन नसकेको शर्माको भनाइ थियो ।

शर्माले भने “कसरी घुस खाने, कसरी भ्रष्ट्राचार गर्ने भन्ने तिर ध्यान भएकाहरु निर्वाचित भएपछि कसरी हुन्छ देश र समाजको विकास ? त्यसैले म प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिएर ,केवल जनताको सेवा र विकास निमार्णमा ध्यान दिनेछु “।

“यो निर्वाचन भ्रष्ट्राचार गर्ने र नगर्नेहरु विचको लडाइ हो , अब सर्वभौम जनताले कसलाइ सांसद बनाउने फैसला गर्नुपर्छ” शर्माले भने । आज देशले भगिरहेका अधिकांस समस्याको मुल कारण भ्रष्ट्राचार भएको भन्दै भ्रष्ट्र राजनीतिक नेतृत्वलाइ पराजित गर्न पनि शर्माले सवैलाइ आग्रह गरे ।

यहाँ जनता रोग र भोकले छट्पाइ रहेका बेला पनि कमिसन खानेहरु छन , तिनैले देश बर्बाद पारे , अब जनताको हातमा फैसला गर्ने बेला आएको छ, जनता सवैभन्दा ठुला न्यायधिस भएकाले अब जनताले भष्ट्रहरुलाइ चोट दिएर आफुलाइ भोट गर्नुपर्ने शर्माको भनाइ थियो ।

संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्याका साझा उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले यतिवेला चुनावी घरदैलो र कोणसभा अभियानलाइ तिव्र पारेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!