अमित ठाकुर।रौतहट।कार्तिक २१। रौतहट क्षेत्र नंबर १ मा यसपालिको संघीय र प्रदेशको निर्वाचनमा जन्ताहरु जित हुने नेकपा एमालेका संघीय सांसदको उम्मेदवार अजय गुप्ताले बताएका छन्। रौतहट १ बाट पुर्व प्रधानमन्त्री समेत बनेका माधव नेपालले क्षेत्रका जन्ताहरु माझ लामो लामो बिकाश निर्माणकार्य बारे भाषण मात्रै दिई पटक पटक जन्ताहरुलाई ठगेको कारण उनको यसपालि हार निश्चितै हुने स्थानीयबासिन्दाले बताएका छन्।
नेपालले रौतहटबाट दुई दुई पटक सांसद बनेता पनि रौतहटको बिकाश निर्माणकार्यमा गम्भीर नदेखिए पछि नेकपा एमाले पार्टीबाट रौतहट क्षेत्र नंबर १ का उम्मेदवार बनेको अजय गुप्तालाई जिताउन स्थानीय बासिन्दा एकात्मक ओर्लिएका छन्। गुप्ताले निर्वाचन घोषणा भए लगत्तै जन्ताहरुको चाहना अनुसार घरदैलो कार्यक्रम सुरु गरेको उनले बताए। देशब्यापीमा एमाले पार्टीकै कारण समृद्ध नेपाल सुखी नेपालीका बिकाश निर्माणकार्य चरणबद्धमा रहेको हुँदा उम्मेदवारहरु आफ्नो घरदैलो अभियानलाई तिब्र पारेका छन् ।
संघिय सांसदका उम्मेदवार अजय कुमार गुप्ता र प्रदेशसभा सदस्यका उम्मेदवार राज किशोर यादवले आज बेलबिक्षवामा घरदैलो गरेकाछन् । आफु घरदैलोमा जाँदा मतदाताको अपार माँया पाएका कारण यस पटक आफ्नो जित पक्का रहेको गुप्ताले बताए । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसंग चुनावी मैदानमा रहेका गुप्ताले यस पटकट मतदाताले आफुलाईनै जिताएर पठाउने बताए ।
क्षेत्रको बिकाशका लागि शिक्षा,स्वास्थ्य र समृद्ध टोल-टोल रहेको हुँदा नेपालले खाली चुनावको बेला मत माग्न मात्र आउँने बाँकी दिनमा तस्कर भुमाफिया जस्ता ब्यक्ति बिशेषलाई मात्र चिनिने गरेको स्थानीयहरु बताउँछन् । अबको बिकाशको लागि संघीय सांसद उम्मेदवार गुप्ता घरदैलोमा जाँदा आफुहरु अब गुप्ताकै पक्षमा मतदान गर्न आतुर रहेको स्थानीयहरु बताउँछन् ।
सांसद उम्मेदवार गुप्ता र प्रदेश सभा सदस्य यादवले भने आफुहरुलाई जन्ताहरुको यतिका सहयोग पाउँदा जित निश्चित नै रहेको र अब कसैको धानधली नचल्ने र यो जित जन्ताको जित हुने बताएका छन्।