हिपमत डटकम

सोमबार, कार्तिक २१, २०७९ || 3470  पटक पढिएको

विराटचोक । विगतका निर्वाचनलाई हेर्ने हो भने मोरङ क्षेत्र नम्बर ३ कम्युनिस्टको गढ हो भन्दा फरक पर्दैन । तर गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएर ३ पटकसम्म मन्त्री भएका एमालेका भानुभक्त ढकालको विवादित छविले मतदाता मात्रै हैन कार्यकर्ता समेत रुष्ट देखिएका छन् ।
सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को घरदैलो कार्यक्रममा सुन्दरहरैंचा १० का स्थानीय रेवन्त अधिकारीले आफू २०४६ साल देखि एमालेको कार्यकर्ता रहे पनि यो पटक रेखा थापालाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने ‘म २०४६ साल देखि एमालेको कार्यकर्ता हुँ, तर यो पटक रेखा बहिनीलाई भोट हाल्छु ।’

उनले स्थानीयलाई प्रश्न गर्दै भने ‘लक्ष्मी पुज्नु हुन्छ हुन्न तपाईँहरू यत्ति भन्दिनुस् । एउटा नारीले के गर्न सक्दैन ? प्लेन उडाएको छैन ? देश चलाको छैन ? तपाईँ हामीले एउटा स्वच्छ छवि भएको नारीलाई चुन्न पाउनु नै गौरवको कुरा हो ।’
उनले पौराणिक कालमा राक्षस र देवीको युद्ध हुँदा देवीको जित भएको स्मरण गर्दै भने ‘राक्षस र देवीको युद्धमा जित देवीको भएको थियो । त्यी देवी पनि नारी हुन् भन्ने कुरा हामीले भुल्न हुँदैन ।’

कसले मार्ला बाजी ?
यसरी अन्य पार्टीका सक्रिय कार्यकर्ता नै नेतृत्वबाट निराश हुँदै जाँदा थापा झनै बलियो उम्मेदवारको रूपमा प्रस्तुत भएको स्थानीयको बुझाई छ । विवादित छवि भएका एमालेका ढकाललाई नै दोहोर्‍याउनु पार्टीको लागि समेत घातक हुन् सक्ने अनुमान यति बेला स्थानीयले गर्न थालेका छन् ।

संगठनको आडमा फेरि पनि जित हात पार्ने दाउमा रहेका एमालेका ढकाल, गठबन्धनको बलमा चुनावमा होमिएका काँग्रेसका सुनिल शर्मा र मतदातामा परिवर्तनको आव्हान गर्दै हिँडेकी थापा मध्य नतिजा कसले हात पार्ला ? यो यसै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!