इटहरी। आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उममेदवार घरदैलोमा छन् ।
सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सीताराम मेहता र प्रदेशसभातर्फ क्षेत्र नं. २ (क) बाट माओबादी केन्द्रका द्वारिकलाल चौधरी अहिले घरदैलोमा छन् ।

घरदैलोका क्रममा सुनसरी २ मा कांग्रेसका सीताराम मेहताले मतदाताको साथ पाएका छन् । बाम गठबन्धन हुँदा ०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी भएका उनी अहिले मतदाता सँगसँगै चुनावी अभियानमा छन् । ‘घरदैलोमा पुग्दा मतदातामा उत्साह थपिएको छ,’ मेहताले भने, ‘मैले पाँच वर्षको अवधिमा थुप्रै विकास निर्माणका काम गरेको छु, पाँच वर्षमा गरेका विकासका काम जनतामाझ नपुगिरहेको अवस्था छ ।’
उनले संविधान रक्षाका लागि बनेको गठबन्धनलाई जिताउन अपिल गरे । स्वच्छ छवि बनाएका मेहताले आफूलाई पार्टीले पत्याएर टिकट दिएको र जनताको अपार माया र साथ रहेका कारण चुनाव जित्ने दाबी गरे । ‘एमालेले अहिलेसम्म आरोप मात्रै लगाउने काम गरेको छ,’ उनले भने, ‘हामी यो समयमा यसअघि गरेका कामको प्रचार गर्ने र अरुको विरोध नगरी चुनाव जित्ने तयारी गरिरहेका छौँ ।’

लोकतान्त्रिक–बाम गठबन्धन सुनसरी क्षेत्र नं. २ ले इटहरी ३ बाट सुरु गरेको घरदैलो आइतबार रामधुनी ३ मा गरिएको थियो । घरदैलो कार्यक्रम निरन्तर सञ्चालन हुने बताइएको छ । सोमबार भने इटहरी ४ मा घरदैलो अभियान सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!