हिपमत डटकम

शनिबार, कार्तिक १९, २०७९ || 3691  पटक पढिएको

विराटनगर। ज्येष्ठ नागरिक सेवा समिति विराटनगर–१२ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

आठौं वार्षिक साधारणसभाको अवसर पारेर समितिले वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा ७० वर्षभन्दा माथिका चारजना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको समितिका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

सो अवसरमा मानबहादुर राई, जगहीरालाल कामत, मञ्जुकुमारी मैनाली र हरिकुमारी भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, ज्येष्ठ नागरिक समाज प्रदेश–१ का अध्यक्ष मणिकुमार अज्र्याललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई समाज निर्माणमा लगाउनुपर्नेमा जोड दिनुभयो । हरेक व्यक्ति जीवनमा ज्येष्ठ नागरिक हुने बताउँदै उहाँले ज्येष्ठ नागरिकहरुले समाज निर्माणमा पु¥याएको योगदानलाई भावीपुस्ताले भुल्न नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा विराटनगर–१२ का वडाध्यक्ष हिरालाल कामत, ज्येष्ठ नागरिक समाज प्रदेश–१ का अध्यक्ष मणिकुमार अज्र्याल, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याल, विराट सामुदायिक भवनका अध्यक्ष राधेश्याम कट्टेल, आयोजक समितिका उपाध्यक्ष हरिप्रसाद भट्टराई, सचिव जीवप्रसाद रेग्मीलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!