हिपमत डटकम

शनिबार, कार्तिक १९, २०७९ || 1781  पटक पढिएको

बिराटनगर । गत स्थानिय निर्वाचनमा सुनवर्षि नगरपालिकामा लोसपाबाट उपमेयर पदका उम्मेदवार हिलोकुमारी सिंह सहित २१ जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

उपमेयर पदकी उम्मेदवार सिंह ,सुनवर्षि नगरपालिका वडा न -५ वडाअध्यक्ष पदका उम्मेदवार ज्ञानचन दास लगायत प्रवेश गरेका हुन ।नव प्रवेशीहरुलाई नेपाली कांग्रेसकि केन्दिय सदस्य तथा नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र न -२ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुजाता कोईरालाले टिका र माला लगाएर स्वागत गरेका हुन ।

मोरङ क्षेत्र न -२ को समग्र बिकाश नेपाली कांग्रेसका उम्मेदवार सुजाता कोईरालाबाट मात्र सम्भव भएको कारणले आफु नेपाली कांग्रेस प्रवेश गरेको हिलोकुमारी सिंहले बताए ।हामि जसरि पनि सुजाता दिदीलाई यस पटक जिताउछौ सिंहल बताईन्।

हाम्रो क्षेत्रमा यस पटक सुजाता कोइरालाको पक्षमा जनलहर भएको कारणले हामि सयुक्त रुपमा नेपाली कांग्रेस प्रवेश गरेको ज्ञानचन दासले बताए । यस अघि लोसपाका केन्दिय सदस्य अमरेन्द्र कुमार साह पनि नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन्। अहिले साह सुजातालाई जिताउन लागि परेको बताउछन्। उनको सक्रियतामा नै अहिले लोसपाका नेता तथा कार्यकर्ताहरु काङ्ग्रेस प्रवेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!